Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध तीन वटा रिट सर्वोच्च अदालतमा

प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध तीन वटा रिट सर्वोच्च अदालतमा


काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध तीन वटा रिट निवेदन सर्वोच्च अदालतमा पेश भएका छन्। आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, सुलभ खरेल र लोकेन्द्रबहादुर ओली रिट लिएर सर्वोच्च अदालत गुहार्न पुगेका हुन् ।

सर्वोच्चका प्रेस विज्ञ किशोर पौडेलले रिट निवेदक धेरै हुनसक्ने भन्दै कर्मचारीले सबै रिट एकै पटक दर्ता गर्ने भनी प्रक्रियामा राखेको जानकारी दिए । तीन वटा रिट अदालतमा पेश भए पनि पछि आउने एउटै प्रक्रितिका अन्य रिट निवेदनसँगै दर्ता गरिने जनाइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ