काठमाडौंमा हिमपात, आइतबारबाट नेपालभर बढेको चिसो घट्ने
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज नेपालभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पनि काठमाडौं उपत्यकासहित वाग्मती, गण्डकी र प्रदेश एकका थोरै ठाउँमा पानी परेको छ ।
महाशाखाका मौसमविद् निराजन सापकोटाका अनुसार देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात भइरहेको छ । आजराति पनि केहि ठाउँमा सामान्य वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ पर्ने पूर्वानुमान गरिएको छ ।
काठमाडौं उपत्यकाका फुल्चोकी र चन्द्रागिरिमा हिमपात
काठमाडौं उपत्यकाको फुल्चोकी र चन्द्रागिरी डाँडामा पनि हिमपात भएको छ । शुक्रवारबाट धुमिलिएको मौसमका कारण आज (शनिबार) झनै चिसो बढेको बताइएको छ । हिँउ परेसँगै चन्द्रागिरी र फुल्चोकी क्षेत्रमा घुम्न गएकाहरु रमाएका छन् । भने हिउँ खेल्न र घुम्न जानेहरुको भीड लागेको छ । भोलिदेखि भने मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया