NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

जापानमा समेत बढ्दै कोरोना संक्रमण, आपतकाल मे अन्तिमसम्म पुर्याइयो

nepaltube

जापान । कोरोना संक्रमण बढेपछि जापानका विभिन्न क्षेत्रमा लगाइएको आपतकालको समयसिमा बढाइएको छ । जापान सरकारले टोकियो, ओसाका, ह्योगो र क्योटोमा ११ मे सम्म लगाइएको प्रतिबन्धलाई मे महिनाभर लम्ब्याउने निर्णय गरेको हो ।

प्रधानमन्त्री योशीहिडे सुगाले आज आइची र फुकुओकामा पनि आपतकालीन अवस्था लागू गरिएको जानकारी दिनुभयो । टोकियो ओलम्पिक हुन तीन महिना बाँकी रहँदा विभिन्न शहरमा आपतकालको समयावधि बढाइएको छ ।

टोकियो ओलम्पिक आयोजक समितिका अध्यक्ष सिको हासिमोतोले ओलम्पिक आयोजना हुन कठिन रहेको जानकारी दिनुभयो । संक्रमण बढ्दै गएमा टोकियो ओलम्पिक प्रभावित हुने देखिएको छ । कोरोना महामारीकै कारण २०२० मा ओलम्पिक स्थगित गरेर २०२१ जुलाइमा सारिएको थियो ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार