Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रशान्त क्षेत्रका सबै संसाधनहरुमा चीनियाँ एकाधिकार

प्रशान्त क्षेत्रका सबै संसाधनहरुमा चीनियाँ एकाधिकार


एजेन्सी । सन् २०१९ मा प्यासिफिक क्षेत्रबाट निर्यात गरिएको समुद्री खाना, काठ र खनिजहरूको आधाभन्दा बढी हिस्सा प्राप्त गरेको चीनलाई विज्ञहरूले यसले दिगो विकासका लागि ठूला चुनौती सिर्जना गर्ने चेतावनी दिएका छन् । एक देशले प्रशान्त क्षेत्रका सबै संसाधनहरुमा एकाधिकार जमाउँदै निकासीमा हाबी भएको उनीहरुले जिकिर प्रस्तुत गरेका हुन ।

व्यापार तथ्यांकको विश्लेषणले पत्ता लगायो कि २०१९ मा चीनले यस क्षेत्रबाट निर्यात गरिएको समुद्री खाना, काठ र खनिजहरूको करिब आधा भन्दा बढी प्राप्त गरेको छ । जसलाई चीनले ३ बिलियन डलरमा खरिद गरेको भेटिएको छ । यसलाई विज्ञहरूले “विशालतामा आश्चर्यजनक” भनेर वर्णन गरेका छन् । चीनले यस क्षेत्रका सरकारहरूसँगको सम्बन्ध अझ गहिरो हुँदै गइरहेको अवस्थामा प्रशान्त महासागरमा अमेरिका र अष्ट्रेलियाको प्रभावलाई प्रतिस्पर्धी तुल्याइरहेको देखिएको छ । चीनले प्रशान्त क्षेत्रका यी स्रोतहरूको प्रयोग अन्य १० अर्को देशको तुलना गर्दा पनि अझौ बढी प्रयोग गरिरहेको छ । विज्ञहरूले भनेका छन “अस्ट्रेलियालगायत अन्य देशहरू पनि सहजै पराजित हुनेछन् जब चीनले यसको निकासी गर्ने उद्योगहरूको गम्भीर वातावरणीय प्रभाव देखा पर्नेछ ।”

चीनले नियमित रूपमा पापुवा न्यू गिनी र सोलोमन टापुहरूद्वारा निर्यात गरिएको कुल टन काठको ४.८ मेट्रिक टनभन्दा बढी दावी गरेको छ । त्यसैगरि चीनले ७२ हजाजर टन सीफुड र ४.८ टन खनिज पदार्थ लिने गरेको छ । प्यासिफिकको निकासी गर्ने संसाधनहरूको लागि अर्को सबैभन्दा ठूलो ग्राहक जापान थियो, जसले ४.१ मेट्रिक टन खनिज, ३.७ मेट्रिक पेट्रोलियम र २.४ मेट्रिक टन सी फुड आयात गरेको छ । तेस्रोमा अस्ट्रेलिया रहेको छ । चीनले यस क्षेत्रमा लुट मच्चाउन लागेको भन्दै चीनको प्रभाव रोक्न यी मुलुकहरुले प्रयास गरिरहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ