NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

अमेरिकाको अलबामा राज्यमा आँधी, १८ वटा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु

nepaltube

काठमाडौं । अमेरिकाको अलबामा राज्यमा आँधीका कारण भएको सडक दुर्घटनामा परेर बालबालिकासहित १० जनाको ज्यान गएको छ । १८ वटा गाडी दुर्घटना हुँदा नौ बालबालिकासहित १० जनाको ज्यान गएको स्थानीय अधिकारीले जानकारी दिएका हुन् ।

ज्यान गुमाउनेमा ९ महिनाकी बालिकासमेत रहेको बताइएको छ । आँधीले कयौँ घरमा नोक्सानी भएको छ । घटनाको अनुसन्धानका लागि विज्ञको टोली खटिएको छ । अत्याधिक वर्षासँगै आएको बाढीले केहीलाई बगाएको आशङ्कामा खोजी कार्य समेत जारी राखिएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार