Friday, 12 December 2025
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsउपत्यकाका नदीहरूमा फोहोरमैलाको कुरुप रुप

उपत्यकाका नदीहरूमा फोहोरमैलाको कुरुप रुप


काठमाडौँ । उपत्यकाका नदीहरूमा वर्षौंदेखि जमेका फोहोरका थुप्रा हटाउन नसक्दा फोहोरमैलाको कुरुप रुप देखिएको छ ।

यति धेरै सरसफाइ अभियान, चेतनामूलक कार्यक्रम र सरकारी पहलहरू भइरहे पनि आजसम्म मानिसहरूले नदीमै फोहोर फालिरहेका छन् ।

प्लास्टिक, घरेलु फोहोर, निर्माण सामग्री लगायतका थुप्राले नदीका सतह र किनार दुबै छोपिएका छन्। कहिलेकाहीँ नदीको किनार वा फोहोरबीच कुकुर, चराहरू, गाईभैँसीजस्ता जनावरहरू पनि देखिन्छन् ।

प्रदूषण बढ्दै जाँदा उपत्यकाका नदीहरूको पानी गुणस्तर झनै कमजोर बन्दै गएको छ ।  यसले वातावरणीय सन्तुलन र जनस्वास्थ्य दुवैलाई दीर्घकालीन जोखिममा पुर्‍याइरहेको छ । ( फोटो : सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी)



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ