डा. हेमराज शर्माको नेतृत्वमा एकढिक्का एनआरएनए
काठमाडौं। केही वर्ष विभाजित अवस्थामा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) डा. हेमराज शर्माको नेतृत्वमा एकढिक्का भएको छ ।
शनिबारदखि काठमाडौंमा जारी १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनले शर्माको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेर एकताको अधिवेशन सम्पन्न गरेको हो । ‘एकता, लगानी र गौरव’ भन्ने नारासहित काठमाडौँमा शनिबारदेखि जारी महाधिवेशन सम्पन्न बनाउन विगतमा डा. बद्री केसी र महेश श्रेष्ठ नेतृत्वमा क्रियाशील दुई छुट्टाछुट्टै संघको भूमिका विशेष रह्यो । गत २३ र २४ को जेनजी आन्दोलनपछि पूर्वअध्यक्षहरूको प्रयासमा दुवै समूह एकता महाधिवेशनका लागि तयार भएर गत मंसिर दोस्रो साता १०बुँदे सहमति भएको थियो ।
अध्यक्षका उम्मेदवार रोविन शेरचन र रविन बज्राचार्यले संस्थाको वृहत्तर हित र एकताका लागि उम्मेदवारी फिर्ता लिएसँगै सर्वसम्मत नेतृत्व चयन भएको छ । विधान संशोधनको काम टुंगगिएपछि सोमबार नयाँ कार्यसमितिको औपचारिक घोषणा गरिनेछ ।
















तपाईको प्रतिक्रिया