साइबर ठगी बढ्दै: प्रयोगकर्तालाई सतर्क रहन साइबर ब्यूरोको आग्रह
काठमाडौं- नेपाल प्रहरी साइबर ब्यूरोले ह्वाट्सएप ह्याक गरी क्यूआर कोडमार्फत पैसा माग्ने ठगीका घटना बढेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।
शंकास्पद सन्देशमा विश्वास नगर्न, सम्बन्धित व्यक्तिलाई फोन गरेर पुष्टि गर्न, लिंक वा फाइल नखोल्न, दुई चरणीय प्रमाणीकरण (Two-step verification) प्रयोग गर्न र ओटीपी (OTP) कसैलाई नदिन अनुरोध गरिएको छ।
















तपाईको प्रतिक्रिया