चैत १२ गते सांसदको शपथ, बोक्नुपर्छ यी ३ कागजात
काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण चैत १२ गते दिउँसो २ बजे तय भएको छ ।
संघीय संसद सचिवालयले सूचना जारी गर्दै सपथ बारे जानकारी गराएको हो । सचिवालयका अनुसार शपथ ग्रहण कार्यक्रम दिउँसो २ बजे निर्माणाधीन संघीय संसद भवनको बहुउद्देश्यीय सभाकक्ष सिंहदरबारमा हुनेछ । निर्धारित समयभन्दा दुई घण्टा अगावै आउन भनिएको छ ।
अनिवार्य बोक्नुपर्छ यी ३ कागजात
शपथ ग्रहणमा आउँदा सांसदहरुलाई निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको भनेर दिएको प्रमाणपत्र (सक्कल तथा प्रतिलिपी), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटो ल्याउन भनिएको छ । शपथ ग्रहणमा मर्यादित, आफ्नो सांस्कृतिक पहिचानको पोशाकमा उपस्थित हुन भनिएको छ ।
















तपाईको प्रतिक्रिया