Sunday, 29 March 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsपूर्वमन्त्री खड्का पक्राउ,यस्तो छ कारण 

पूर्वमन्त्री खड्का पक्राउ,यस्तो छ कारण 


काठमाडौं । पूर्वमन्त्री समेत रहनुभएका  कांग्रेस नेता दीपक खड्का पक्राउ पर्नुभएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खड्कालाई आज बिहान बुढानीलकण्ठबाट पक्राउ गरेको हो । सिआईबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि खड्कालाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । खड्कामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयमा पत्र पठाएपछि पक्राउ गरिएको बताइएको छ ।

भदौ २३ र २४ गते भएको जेन्जी प्रदर्शनका क्रममा बुढानिलकण्ठस्थित खड्काको घरमा ठूलो परिमाणको  रकम भेटिएको भिडियो बाहिरिएको थियो । यसपछि सम्पत्ति सुद्दिकरण मुद्दा अघि बढेको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ