Thursday, 25 June 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsएन्फामाथि फिफाको निलम्बन

एन्फामाथि फिफाको निलम्बन


काठमाडौं / अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गरेको छ।

फिफा काउन्सिल ब्युरोको निर्णयसँगै एन्फाले सदस्यता अधिकार गुमाएको छ भने नेपालका राष्ट्रिय तथा क्लब टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने छैनन्।

निलम्बन अवधिभर एन्फाले फिफा र एएफसीबाट प्राप्त हुने आर्थिक सहयोग, विकास कार्यक्रम तथा तालिममा समेत पहुँच गुमाउनेछ। फिफाले आवश्यक परे अर्को फिफा कंग्रेसअघि नै निलम्बन फुकुवा गर्न सकिने जनाएको छ।


ट्याग : #ANFA, #FIFA
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ