Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsलोक नृत्यमा ब्रिजवेन पहिलो

लोक नृत्यमा ब्रिजवेन पहिलो


ब्रिजवेन

अष्ट्रेलिया न्युजिल्याण्डस्तरिय नेपाली लोक नृत्य प्रतियोगिताको समुहगत विधामा ब्रिजवेन प्रथम भएको छ । दुइ दिनसम्म चलेको प्रतियोगितामा विभिन्न राज्यका १० टोलीलाई पछि पार्दै व्रिजवेनको डि नाइनटिन समुहले प्रथम स्थान हासिल गरेको हो ।
अमृत काफ्ले, अश्मिता थापा, अमित थापा र रोजिना ठकुरी सहभागी यो समुहले झ्याउरे नृत्य प्रस्तुत गरेका थिए ।
त्यस्तै समुहगत विधामा सिड्नी दोस्रो हुन सफल भएको छ । नेपलिज अष्ट्रेलियन एशोसियसन एनएएको तर्फ न्यु साउथ वेल्स राज्यको प्रतिनिधित्व गर्दै यो समुहले कौरा नृत्यु प्रस्तुत गरेका थिए । समुहमा सिमोन श्रीपाली, सरिना सैंजु, शुकृति आचार्या र रिभिका खरेल सहभागी थिए ।
त्यस्तै समुहगत विधाको तेस्रो स्थान भने मेलवर्न हासिल गरेको छ । भिक्टोरिया राज्यको प्रतिनिधी द एभरेष्ट क्रुले तेस्रो स्थान हासिल गरेको हो । यो समुहमा उदेन शेर्पा, सुप्रिया लामा, वर्षा पुन र परिभाषा श्रेष्ठले नृत्य गरेका थिए ।

अष्ट्रेलिया न्युजिल्याण्डस्तरिय नेपाली लोक नृत्य प्रतियोगितामा प्रथम भएको समुहगत नृत्य । तस्बिर- सरल गुरुङ

त्यस्तै, जोडी लोक नृत्यतर्फ मेलवर्नका वर्षा पुन र सुमन गुरुङ प्रथम भएका छन् भने, व्रिजवेनका किरण थापा र कामना पौडेल दोस्रो भएका छन् । तेस्रो स्थान पनि व्रिजवेनकै प्रकृति पाण्डे र समिक्षा श्रेष्ठले जितेका छन् ।
एकल नृत्यतर्फ मेलवर्न कै सुमन गुरुङ प्रथम भएका छन् भने दोस्रो स्थान पनि मेलवर्नकै जेनी गुरुङ सुरक्षित गरेकी छिन् । तेस्रो स्थानमा पर्थकी सुनिता तामाङ विजयी भएकी छिन् ।
प्रतियोगिताका लागि १० समुह, ९ जोडी र १७ वटा एकल नृत्य छनोटमा परेको थियो । जसमध्ये न्युजिल्याण्डबाट दुइ समुह थिए । अष्ट्रेलियाको तास्मानियाबाहेक सबै राज्यबाट कम्तिमा एउटा समुह छनोटमा परेका थिए ।


नेप्लिज एशोसियसन अफ कुइन्सल्याण्ड (एनएक्यु) र गैर आवासिय नेपाली संघ अष्ट्रेलियाले संयुक्त रुपमा लोक नृत्य प्रतियोगिता गरेको हो।
अष्ट्रेलिया र न्युजिल्याण्डमा बसोबास गर्ने दोस्रो पुस्ताका नेपाली समाजमा नेपाली लोक संस्कृति निरन्तरता दिने उदेश्यले अष्ट्रेलियाव्यापी नृत्य प्रतियोगिता गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिता सेप्टेम्बर २८ र २९ तारिखका दिन ब्रिजवेनको गार्डेन थियटरमा भएको थियो । दुइ चरणमा भएको प्रतियोगिता को पहिलो दिन शिर्ष ५ समुह छनोट भएको थियो र दोस्रो दिन उनीहरुबिच फाइनल प्रतिष्प्रधा गरिएको थियो ।

एनएक्युले सन् २००९ बाट हरेक दुइ/दुइ वर्षमा लोक नृत्य प्रतियोगिता गर्दै आएको छ । विजेता कलाकारलाई नगद पुरस्कार र ट्रफीको व्यवस्था गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ