Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsकोरोना अपडेट: अष्ट्रेलियामा नेपाली विद्यार्थीलाई एनआरएनएले दिने भयो राहत प्याकेज ।

कोरोना अपडेट: अष्ट्रेलियामा नेपाली विद्यार्थीलाई एनआरएनएले दिने भयो राहत प्याकेज ।


ब्रिजवेन/ कोरोनाबाट प्रभावित नेपाली विद्यार्थीका लागि गैर आवासिय नेपाली संघ अष्ट्रेलियाले राहत प्याकेज घोषणा गरेको छ । आज एक विज्ञप्ती जारी गर्दै एनआरएनए अष्ट्रेलियाले भर्खरै अष्ट्रेलिया आएका नेपाली विद्यार्थीका लागि ३० दिनसम्म खाद्यान्न उपलब्ध गराउने जनाएको हो ।
एक महिने खाद्यान्न सहयोग पाउनका लागि केही मापदण्डहरु छन् । हालै अष्ट्रेलिया आएको, जागिर नभएको, सेल्फ आईसोलेसनमा बसेको तथा आफन्त कोही नभएको जस्ता मापदण्ड तोकिएको छ ।
सहयोग पाउनका लागि विद्यार्थीले आफु बस्ने राज्यको एनआरएनएसंग सम्पर्क गर्नुपर्ने छ । त्यस्तै एनआरएनएले सेल्फ आईसोलेसनमा बस्नुपर्ने अन्य नेपालीलाई पनि १५ दिनसम्म खाद्यान्न उपलब्ध गराउने जनाएको छ । यस्तो सहयोग पाउन आर्थिक समस्या भएको हुनुपर्नेछ ।
यो सहयोग मार्च २३ सोमबारबाट मात्र उपलब्ध हुने विज्ञप्तीमा भनिएको छ । राहत सामाग्री कति र कस्तो हुने भन्ने बारे सम्बन्धित राज्य संयोजकले निर्धारण गर्नेछन् ।
कोरोनाका प्रकोप बढ्दै गएकाले एनआरएनए अष्ट्रेलियाले यसअघि नै कम्युनिटी टाक्स फोर्स निर्माण गरिसकेको छ ।
टाक्स फोर्स राष्ट्रिय संयोजकको जिम्मा कोमलराज पाठकले लिएका छन् । त्यस्तै हेल्प लाईनको संयोजन प्रवक्ता नन्द गुरुङले गरिरहेका छन् । नेपाली विद्यार्थी र समुदायमा पर्न सक्ने आपतसंग जुध्न एनआरएनए अष्ट्रेलियाले सबै संघसंस्था र व्यापारीसंग हातेमालो गर्न अनुरोध गरेको छ ।

एनआरएनए अष्ट्रेलियाले अष्ट्रेलियन समुदायलाई आवश्यक परेको खण्डमा स्वयंसेवक समेत उपलब्ध गराउने जनाएको छ । यो संकटमा एकजुट भएर अघि बढ्नका लागि आवश्यक तयारी गर्न आईतबार साझ ४ बजे नेपाली दुतावास, सामाजिक संघसंस्था, सामाजिक अगुवा र व्यापारीसंग भिडियो कन्फ्रेन्सको आयोजना गरिएको प्रवक्ता नन्द गुरुङले जानकारी दिए । कोरोनाको प्रकोप बढ्न थालेपछि अष्ट्रेलियाले शक्रवार साझ देखि विदेशीलाई प्रवेशमा रोक लगाएको छ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ