NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

५ सय ४० किलो लागुऔषध कोकेन कारोबारको आरोपमा कुइन्सल्याण्डमा दुइ युवक पक्राउ

Nepaltube Australia

ब्रिजवेन/ झण्डै १ सय २४ मिलियन डलर बराबरको प्रतिबन्धित लागु औषध कोकेन कारोबार गरेको आरोपमा अष्ट्रेलियाको कुइन्सल्याण्डमा दुइ पुरुष पक्राउ परेका छन् । उनीहरुले एक वर्षको अन्तरालमा सिपिङ गरेर अष्ट्रेलियामा झण्डै ५ सय ४० किलो कोकेन भित्र्याएको अष्ट्रेलियन फेडेरल पुलिस एएफपीले जनाएको छ । उनीहरुमाथी लागु औषध कारोवारको मुद्धा दर्ता गरिएको छ । दुबैलाई आज केही बेरमा ब्रिजवेनको म्याजिष्ट्रेट अदालतमा पेश गरिदैछ ।

एएफपी र कुइन्सल्याण्ड प्रहरीसहितको कुइन्सल्याण्ड नेशनल एन्टी ग्याङस् स्क्वाडले गरेको अनुसन्धानका क्रममा २६ र २८ वर्षका दुइ पुरुष समातिएका हुन् । स्क्वाडले सन् २०१९ देखि नै ठुलो मात्रामा भित्रिने लागु औषध नियन्त्रण गर्न अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा यी दुइ अभियुक्तहरु ब्रिजवेनको बन्दरग्राहबाट पानी जहाजमार्पmत ठुलो मात्रामा लागु औषध भित्र्याउने अन्तराष्ट्रिय गिरोहको सदस्य भएको खुलेको छ । यी दुइ पुरुषले ब्रिजवेनको बन्दरग्राहमा सन् २०२० जुन १ देखि १४ सम्म कन्टेनरभित्र लुकाएर ल्याएको साढे ४८ किलो कोकेन निकालेर भण्डारण गरेका थिए । उनीहरुले पानामाबाट जहाजमा हालेको लागुऔषध इक्वेडर र बेल्जियम हुदै ब्रिजवेन आइपुगेको प्रहरीले जनाएको छ । यस मुद्धामा दोषी ठहर भए जन्मकैद हुने कानुनी व्यवस्था छ ।

यस अप्रेसनमा सफलता पाएपछि अनुसन्धान टोलीका प्रमुख एन्ड्रयु डुनोगले अन्तराष्ट्रिय एजेन्सी र एजेन्टहरुको सहयोगमा संस्थागत रुपमा हुने लागुऔषधको सिन्डीकेट तोड्न सफल भएको बताउनुभयो ।
लागू औषध सम्बन्धी गोप्य सुचना उपलब्ध गराउन चाहेमा निम्न ठेगानामा सम्पर्क गर्न सक्नुहुनेछ । Phot0-AFP

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार