NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

भिक्टोरियामा ११८५ र न्यु साउथ वेल्समा २६० जना कोरोना संक्रमित थपिए

nepaltube

ब्रिजबेन,अष्ट्रेलिया । भिक्टोरिया राज्यमा मंगलबार १ हजार १८५ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टाको अवधिमा गरिएको ५२ हजार २५७ जनाको स्वाब परीक्षणबाट यी कोरोना संक्रमित पहिचान भएको स्वास्थ्य विभागले जानकारी दिएको हो ।

यो अवधिमा भिक्टोरियामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । भिक्टोरियामा सक्रिय कोरोना संक्रमितको संख्या अहिले १३ हजार ५० पुगेको छ ।

यता, न्यु साउथ वेल्समा समेत २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको ५८ हजार ७०६ स्वाब परीक्षणका क्रममा यी कोरोना संक्रमित थपिएका हुन । न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।

खोपको तिब्रतासँगै संक्रमण घट्ने आँकलन गरिएपनि रोकथामको प्रयासले सार्थकता पाउन सकेको छैन ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार