NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

भिक्टोरिया र न्यु साउथ वेल्समा यस्तो छ पछिल्लो २४ घण्टामा कोरोनाको अवस्था !

nepaltube

ब्रिजबेन,अष्ट्रेलिया । भिक्टोरिया र न्यु साउथ वेल्समा कोरोनाविरुद्धको खोप अभियानले तिब्रता पाएपनि कोरोना महामारि नियन्त्रणमा उल्लेख्य उपलब्धि देखिएको छैन ।

भिक्टोरियामा आइतबार मात्रै १ हजार ६९ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ६७ हजार ३१२ जनाको स्वाब परीक्षणबाट यी संक्रमित थपिएको स्वास्थ्य विभागले जानकारी दिएको छ । २४ घण्टाको अवधिमा भिक्टोरियामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । भिक्टोरियामा अहिले सक्रिय कोरोना संक्रमितको संख्या ११ हजार ३९३ रहेको छ ।

यता, न्यु साउथ वेल्समा समेत आइतबार ४ सय ८५ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको ९० हजार ८०४ जनाको स्वाब परीक्षणमार्फत यी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टाका कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार