Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaकामदारलाई कम पारिश्रमिक दिने मेलवर्नका ग्रोसरी स्टोर विरुद्ध मुद्दा दायर, ६३ हजार जरिवाना दावी

कामदारलाई कम पारिश्रमिक दिने मेलवर्नका ग्रोसरी स्टोर विरुद्ध मुद्दा दायर, ६३ हजार जरिवाना दावी

रोजगारदाताहरु सचेत हुनुहोस्


मेलवर्न/ श्रमिकको हकहितका लागि सक्रिय संस्था द फेयर वर्क अमबुड्सम्यानले मेलवर्नको एक एसियन ग्रोसरी स्टोरविरुद्ध कामदारलाई तोकिएको भन्दा कम पारिश्रमिक दिएको आरोपमा स्थानिय अदालतमा मुद्धा दायर गरेको छ । यो स्टोरले वर्किङ होलिडे भिषामा रहेका एक कामदारलाई घण्टाको १२ देखि १६ डलर मात्रै पारिश्रमिक दिएका थिए । सन् २०२० को जनवरीदेखि मेसम्म स्टोरले यी कामदारलाई ८ हजार डलर कम पारिश्रमिक दिएको फेयरवर्क अम्बुडस्म्यानले जनाएको छ ।

अनुसन्धानबाट यी कामदारलाई क्यासमा पारिश्रमिक दिने गरेको तथा पेस्लिप पनि नदिने गरिएको भेटिएको हो । अष्ट्रेलियामा सामान्य रुपमा घण्टाको न्युनतम पारिश्रमिक २० डलर ३३ सेन्ट छ । फेयरबर्कले सो स्टोरबिरुद्ध ती कामदारको बाकी पैसा ब्याज समेत तिर्न तथा नियम तोडेको भन्दै ६३ हजार जरिवानासहित मुद्धा दर्ता गरेको हो । मुद्धाको सुनुवाई जनवरी ३ तारिखमा हुदैछ । यो स्टोरलाई सन् २०२० मा पनि घण्टा १० डलर मात्रै कामदारलाई दिएको भन्दै १ लाख २० हजार डलर जरिवाना भएको थियो ।  आफुमाथी अन्याय भएको भन्दै कोरियन नागरिक उक्त कामदारले फेयरवर्कमा उजुरी गरेका थिए ।

फेयरबर्क अम्बुडस्म्यानका सान्द्रा पार्करले आप्रवासी कामदारलाई कम पारिश्रमिक दिने रोजगारदातामाथी कानुनी कारवाहीको डर सधै हुने बताउनुभयो । ‘रोजगारदाताहरु सचेत हुनुहोस्’- सान्द्राले भन्नुभयो -‘आप्रवासी कामदारलाई कम पारश्रमिक दिनु भनेको निकै गम्भिर विषय हो ।’  त्यस्तै भिषाको अवस्था र राष्ट्रियता जे भएपनि अष्ट्रेलियामा सबै कामदारको हक र अधिकार बराबर हुने भएकाले आफ्नो समस्यामा परेका कामदारले निशुल्क सल्लाह र सहयोगका लागि फेयरबर्कमा सम्पर्क गर्न समेत सान्द्राले आग्रह गर्नुभयो ।

तपाई पनि यस्तै समस्यामा हुनुहुन्छ भने यहाँ सम्पर्क गर्नुहोस्

Employers and employees can visit www.fairwork.gov.au or call the Fair Work Infoline on 13 13 94 for free advice and assistance about their rights and obligations in the workplace. An interpreter service is available on 13 14 50. Small businesses can find targeted resources at the Small Business Showcase.

Follow the Fair Work Ombudsman @fairwork_gov_au external-icon.png or find us on Facebook www.facebook.com/fairwork.gov.au external-icon.png.

Sign up to receive the Fair Work Ombudsman’s media releases direct to your email inbox at www.fairwork.gov.au/emailupdates.



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ