NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

अमेरिकामा गायक राजेश पायल राईमाथी हातपात

Nepaltube Australia

ब्रिजवेन/नयाँ वर्षको कार्यक्रममा अमेरिका पुग्नु भएका गायक राजेश पायल राई माथी स्टेजमै दुव्र्येवहार भएको छ । मेरो अनलाईन टिभीले सार्वजनिक गरेको भिडियोमा गित गाउदै गरेका गायक राईलाई स्टजेमा उक्लिएका एक पुरुषले पछाडीबाट दुबै हातले गर्धनमा समातेर मुक्का हानेको देखिन्छ । केही सेकेण्ड पछि नै हलमा रहेका आयोजक र दर्शकले ती पुरुषलाई तानेर छुट्याएको देखिन्छ ।

अंग्रेजी नयाँ वर्ष २०२२ लाई स्वागत गर्न न्युयोर्कमा बद्ध ट्याक्सले कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रम केही समय स्थगित भएपछि राई पुन मञ्चमा चढेर गित गाउन सुरु गरेका थिए । मञ्चमा फर्किएपछि राजेशले अगाडीबाट आएको ज्वालामुखी पनि निल्न सक्ने र पछाडीबाट आएको अंगालो झनै स्विकार्ने भन्दै दर्शकलाई लयमा फर्काउनु भएको थियो ।

भिडियो हेर्न यहाँ थिच्नुस्

https://fb.watch/agE4Sb0oWj/

 

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

ट्यागहरू

सम्बन्धित समाचार