NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

पर्थमा मृत भेटिएकी नेपालीको आज अन्तिम संस्कार, उठ्यो २० हजार डलर

Nepaltube Australia

पर्थ/ जनवरी २० तारिखमा पर्थस्थित आफ्नै कोठमा मृत भेटिएकी नेपाली युवतीको आज अन्तिम संस्कार गरिने भएको छ । एनआरएनए वेष्टर्न अष्ट्रेलियाले दिएको जानकारी अनुसार स्थानिय समय अनुसार बिहान १० बजे फ्युनलर केयर मेल्याण्डस्मा अन्तिम बिदाई गरिने कार्यक्रम छ । कोभिडका कारण सिमित व्यक्तिलाई मात्रै अन्तिम संस्कारमा सहभागी हुन एनआरएनएले सार्वजनिक सुचना जारी गरेको छ । गत जनवरी २० तारिख राति २६ वर्षिय प्रभा पाण्डे पौडेल आफ्नै कोठामा मृत अवस्थामा भेटिनु भएको थियो । घटनाको प्रहरीले छानविन गरिरहेको छ ।

यसबिच प्रभाको दाहसंस्कारका लागि २० हजार डलर सहयोग संकलन भएको छ । एनआरएनए वेष्टर्न अष्ट्रेलियाले बैंक खाता सार्वजनिक गरेर सहयोगको अपिल गरेको थियो । सुरुमा १० हजार डलर मात्रै उठाउने लक्ष्य राखिएपनि २० हजार डलर संकलन भएको एनआरएनए वेष्टर्न अष्ट्रेलियाका संयोजक दिपक बस्नेतले जानकारी दिनुभयो ।
बस्नेतका अनुसार उठेको सबै पैसा प्रभाको श्रीमानलाई हस्पतान्तरण गरिने तयारी भएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार