NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

अष्ट्रेलियाको एजकेयरमा काम गर्नेले ८ सय डलर बोनस पाउने

Nepaltube Australia

सिड्नी/ एजकेयरमा क्षेत्रमा काम गर्ने कामदारलाई ८ सय डलर बोनस दिने सरकारले घोषणा गरेको छ । आज क्यानबेरास्थित नेशनल प्रेस क्लबलाई सम्बोधन गर्दै प्रधानमन्त्री स्कट मोरिसनले यस्तो घोषणा गर्नु भएको हो । दुइ किस्तामा यो रकम बाड्न लागिएको हो । पहिलो किस्ता बराबर ४ सय डलर अबको केही हप्तामा र दोस्रो किस्ता मे महिनाको सुरुवातमा वितरण गरिने प्रधानमन्त्रीले जानकारी गराउनुभएको छ ।

कोरोनाका समयमा अग्रपंतिमा खटिएर सेवा गरेको भन्दै यो बोनस रकम बाड्न लागिएको हो । एजकेयर क्षेत्रमा काम गर्ने २ लाख ३४ हजार जनाले यस्तो बोनस पाउने भएको हो । केयर गर्ने, सरसफाइ गर्ने, खाना पकाउने जस्ता कामदारले यो बोनस पाउनेछन् ।
बोनसका लागि सरकारले थप २ सय ९ मिलियन डलर विनियोजन गरेको समेत प्रधानमन्त्रीले जानकारी दिनुभयो ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार