NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

तलब बृद्धीको माग गर्दै अष्ट्रेलियामा नर्सको हड्ताल, न्यु साउथ वेल्समा आज काम नगर्ने

Nepaltube Australia

सिड्नी/अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका नर्स र मिडवाइफले मंगलबार एक दिन काममा हड्ताल गर्ने भएको छ । हड्ताल नगर्न इन्ड्रजट्रिअल रिलेसनस कमिसनले सोमबार निर्देशन समेत दिएको छ । तर निर्देशनको वेवास्ता गर्दै नर्सले मंगलबार दिनभर काम नगर्ने निर्णय गरेको हो । नर्सले काम नगर्दा राज्यभरका स्वास्थ्य सेवा प्रभावित हुने भएको छ ।

नर्सहरुले तलब सुविधामा २ दशमलब ५ प्रतिशतभन्दा बढी बृद्धी गर्नुपर्ने, तथा नर्सको संख्या वृद्धी गर्नुपर्ने माग गर्दै आएका छन् । न्यु साउथ वेल्स नर्स तथा मिडवाइफ एशोसियसनको नेतृत्वमा हड्ताल भइरहेको हो । सोमबार राज्यका स्वास्थ्य मन्त्री ब्राड हाजार्डसंगको छलफलले कुनै निकास दिन नसकेपछि एशोसियसनले यसअघि घोषणा गरेको हड्ताललाई निरन्तरता दिने वातावरण सृजना भएको हो ।

आज बिहान १० बजे सिड्नीको मख्य शहरमा भेला भई नर्सहरुले मार्चपास गर्दै संसद भवन जाने कार्यक्रम पनि तय भएको छ । हड्ताल गरिएपनि इमेरजेन्सी सेवामा भने नर्सहरु खटिने एशोसियसनले आश्वसन दिएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

ट्यागहरू

सम्बन्धित समाचार