NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

नेपाली युवकमाथी सिड्नीमा चक्कु प्रहार, गम्भीर अवस्थामा उपचार हुदै

Nepaltube Australia

सिड्नी/ कार्य स्थलमै नेपाली युवकमाथी चक्कु प्रहार भएको छ । गत बुधबार बिहान सिड्नीको भिलावुडस्थित अल्दी स्टोरमा काम गरिरहेको बखत ती नेपाली युवकमाथी हमला भएको हो । ३४ वर्षिय युवकलाई पेटमा ६ पटकसम्म छुरा प्रहार गरिएको उनका साथीले नेपालट्युबलाई जानकारी दिनुभयो ।

त्यस्तै पाखुरामा र अनुहारमा पनि गम्भीर चोट लागेको छ । यत्तिबेला लिभरपुल अस्पतालमा उपचार भइरहेको छ । अस्पताल पुगेका साथीले घाइतेलाई अप्रेसनपछि बार्डमा सारिएको र अवस्था सुधारउन्मुख रहेको जानकारी दिनुभयो । स्थानिय संचारमाध्यमको भिडियोमा चक्कु प्रहार भएको भुइभरी रगत देखिन्छ ।

प्रहरीले घटनामा संलग्न भएको हुनसक्ने भन्दै ३३ वर्षिय पुरुषलाई नजिकैबाट नियन्त्रणमा लिएर सोधपुछ समेत गरिहेको छ । घटना किन भयो भन्ने बारे कारण खुल्न सकेको छैन ।

घटना कार्य स्थलमा भएकाले उनको उपचार खर्च काम गर्ने स्थानको कभरले व्यहोर्ने अवस्था छ । घाइते युवकको स्थाई घर चितवन हो भने उनी सन् २०१८ मा अष्ट्रेलिया आएका थिए ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार