Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा पिआरको संख्या ३० हजार थपियो, स्किल माइग्रेसनको कोटा १ लाख ९ हजार ९ सय

अष्ट्रेलियामा पिआरको संख्या ३० हजार थपियो, स्किल माइग्रेसनको कोटा १ लाख ९ हजार ९ सय


सिड्नी/ कोरोना महामारीबाट सिथिल भएको अर्थतन्त्रलाई उकास्न अष्ट्रेलियाले आफ्नो आप्रवास सम्बन्धी नीतिलाई खुकुलो बनाउन थालेको छ । हालै सार्वजनिक बजेटमा सन् २०२२/२३ का लागि स्थाई आप्रवासीको संख्या १ लाख ६० हजार तोकिएको छ ।

आगामी आर्थिक वर्षका लागि सरकारले दक्ष आप्रवासीको संख्या बढाउन आफ्नो ध्यान केन्द्रित गरेको छ । दक्ष आप्रवासी अर्थात स्किल माइग्रेसन अन्तगर्त आगामी वर्ष १ लाख ९ हजार ९ सय कोटा छुट्याइएको छ । यो गत वर्षको तुलनामा ३० हजार बढी हो ।
स्किल कोटा मध्ये अघिल्लो वर्षको तुलनामा विजनेस एण्ड इनोभेसन एण्ड इन्भेष्टमेन्ट र ग्लोबल ट्यालेन्ट कोटा घटाइएको छ भने अन्य सबैमा संख्या बढाइएको छ ।

इम्प्लोयर स्पोन्सर विधामा २२ हजारबाट बढाएर ३० हजार कोटा छुट्याइएको छ भने स्किल इन्डिपेन्डेण्टमा यस अघिको ६ हजार ५ सयलाई बढाएर साढे १६ हजार बनाइएको छ । त्यस्तै स्टेट स्पोन्सर विधालाई २० हजार र रिजनल विधामा २५ हजार कोटा तोकिएको छ । त्यस्तै ५० हजार कोटा फेमिली विधाका लागि सुरक्षित राखिएको छ । पार्टरका लागि ४० हजार ५ सय, बच्चाका लागि ३ हजार र अभिभावकका लागि ६ हजार कोटा छुट्याइएको छ ।

आप्रवासीको संख्या कोभिडभन्दा अगाडीकै अवस्थामा फर्काउन यस्तो नीति ल्याएको सिड्नीका रजिष्टर्ड माइग्रेसन एजेण्ट हिरा कँडेलले जानकारी दिनुभयो । स्किल माइग्रेसनको संख्या बढ्नु निकै सकारात्मक भएको कँडेलको भनाई छ । तर, संख्या बढ्यो भन्दैमा थोरै पोइन्टस्मा पिआर आउछ भनेर ढुक्क चाहि हुन नहुने कँडेल बताउनुुहुन्छ । अष्ट्रेलियाले सधै उच्च दक्षता भएको मानिसलाई पिआर दिदै आएको छ’- कँडेलले भन्नुुभयो -‘पहिले कोटा कम हुदा विद्यार्थी पनि कम थिए, अहिले दुबै बढेकाले प्रतिष्प्रर्धा उस्तै कडा हुन्छ त्यसैले स्कोर बटुल्न अल्छी गर्न हुदैन ।’



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ