NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

आजदेखि कुईन्सल्याण्ड भर फ्लु खोप निशुल्क लगाउन पाईने

जिपि र औषधि पसल जानुहोला

Nepaltube Australia

ब्रिजवेन/ फ्लुबाट संक्रमण हुने क्रम बढेपछि कुईन्सल्याण्डले राज्यभर निशुल्क फ्लु खोपको व्यवस्था गरेको छ । जसका लागि २४ मे मंगलबारदेखि जुन महिनाको अन्तिमसम्म निशुल्क फ्लु खोप लगाउन पाईने भएको छ ।

जसका लागि नजिकको जनरल प्राक्टिसनर जिपी र औषधि पसलमा जानुपर्नेछ । फ्लु खोप लगाएको सामान्य अवस्थामा १५ डलरजति पर्छ । तर, राज्य सरकारले निशुल्क गर्न लागेको हो । फ्लुबाट संक्रमितको संख्या पछिल्लो एक सातामै १८ सयबाट बढेर ४ हजारकटेपछि नियन्त्रणका लागि यस्तो व्यवस्था गरिएको राज्यकी प्रिमियर एनेस्थेसिया पालासेले जानकारी  दिनुभयो ।

६ महिना उमेर माथीका सबैका लागि निशुल्क खोपको व्यवस्था गरिएको हो ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

ट्यागहरू

सम्बन्धित समाचार