
काठमाडौं/ उपत्यका आसपासका जिल्लाहरुमा भूकम्पको धक्का महशुश भएको छ । आज विहान साढे २ बजेतिर भूकम्पको ठूलो धक्का महशुश भएको हो ।
युरो मेडिटेरियन सिस्मोलोजिकल सेन्टर ईएमएस्सीका अनुसार काठमाडौबाट १० किलोमिटर दक्षिणमा केन्द्रबिन्दु पारेर ३.९ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्कापछि पत्रकार अनुप भट्टराईले ‘खतरा झट्का हे भगवान’ भन्दै फेसबुकमा पोष्ट गरेका छन् । त्यस्तै गायिका आस्था राउतले पनि ‘हे भगवान, सुत्दा पनि नछोड्ने भयो, जुरुक्कै पार्यो नि !’ भन्दै फेसबुकमा लेखेका छन् ।
भूकम्प बारे थप विवरण आउदै छ ।
ट्याग : #Earthquake, #kathmandu earthquake
तपाईको प्रतिक्रिया