NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

पोर्चुगलमा २ महिनामा ४ नेपालीको निधन

Nepaltube Australia

लिस्बोन/बासु सत्याल, पोर्चुगलमा पछिल्लो दुई महिनामा ४ जना नेपालीको ज्यान गएको छ । ‘एपेन्डिक्साटिस’ भएर हिजो एक नेपालीको युवकको निधनसंगै मृत्यु हुने नेपालीको संख्या ४ पुगेको हो ।नेपालबाट फर्किएको केही दिनमै उनको निधन भएको हो ।

दक्षिणी पोर्चुगलको  फारोस्थित कृषि फार्मममा काम गर्ने ती युवक उमेर २९ बर्ष रहेको बुझिएको छ । ‘एपिन्डिसाइड’ भएर अस्पताल भर्ना भएका उनको उपचारका क्रममा निधन भएको बुझिएको छ ।

पाँच दिनअघि मात्र सोलुखुम्बु का ङवाङ दावा शेर्पा र १३ दिनअघि चितवनका राजन शर्मा सुवेदीको निधन भएको थियो । यस्तै १८ दिनअघि काभ्रेकी मिरा थापाको समेत निधन भएको थियो । गत अप्रिल १५ देखि बेपत्ता नुवाकोटका सुजन सिलवालको समेत मृत्यु भएको थियो ।

पोर्चुगलमा यो महिना तीन र अघिल्लो महिनामा एक जनाको निधन भएको छ । जुन नेपाल र नेपाली समाज पोर्चुगलका लागि दुखद् विषय भएको गैर आवासिय नेपाली संघ पोर्चुगलका अध्यक्ष रबिन अधिकारीले बताउनुभयो ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार