NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

केही बेरमा राष्ट्रिय मन्त्रीपरिषदको बैठक बस्दै, कोरोना सहायता रकम फर्कन सक्ने

Nepaltube Australia

ब्रिजवेन/ बढ्दो कोरोना संक्रमण र सहायता बारे छलफल गरि निर्णयमा पुग्न केही बेरमा अष्ट्रेलियाको राष्ट्रिय मन्त्रीपरिषदको बैठक बस्दै छ ।
बैठकले आइसोलेसनमा बसेका बेला पाइने सहायता रकम पुन दिने बारे निर्णय गर्ने स्थानिय संचारमाध्यमहरुले जनाएका छन् । शुक्रबार टुइट गर्दै प्रधानमन्त्री एन्थोनी एल्बनिजीले त्यस्ता सहयताबारे छलफल गरिने जनाउनु भएको हो ।

कोभिड संक्रमण भएर आइसोलेसनमा बसेकालाई सरकारले एक हप्ताको लागि ७ सय ५० डलर दिने गरेको थियो । तर, गत महिना सरकारले यो सहायता रकम हटाएको थियो ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार