NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

बुधबार क्वीन्सल्याण्डको सनसाईनकोष्टमा सनसाईन संगीत महोत्सव, यी कलाकारको प्रस्तुती !

nepaltube

ब्रिजबेन । अष्ट्रेलियाको क्वीन्सल्याण्डमा पहिलो पटक सनसाईन संगीत महोत्सव आयोजना हुने भएको छ । क्वीन्सल्याण्डको मिलवेल आरडी सामुदायिक केन्द्र– मारुचीडोरमा बुधबार साँझ ५ बजेपछि पहिलो पटक सांगितिक महोत्सव हुन लागेको हो ।

अष्ट्रेलिया स्टुडाइन ब्रिजबेनद्धारा सञ्चालित संगीत महोत्सवमा समिर आचार्य र डीडीजे गोर्खाको भब्य प्रस्तुती हुनेछ । परिवारिक जमघटका रुपमा आयोजना गरिएको सांगितिक कार्यक्रमको टिकट बुधबार विहान ४ बजेसम्म १५ डलर र प्रवेश स्थानमा कार्यक्रम सुरु भएपछि २० डलर तोकिएको छ । कार्यक्रमको प्रायोजकका रुपमा इसान शिक्षा ब्रिजबेन, नोभा एजुकेशन माईग्रेसन ब्रिजबेन, निरन्तरता हेरचाह, एसपी अटो केयर, कृष्ण मसालाको सहकार्य रहेको छ भने खाना साझेदारका रुपमा 8848 मोमो हाउस रहेको छ ।

क्वीन्सल्याण्डको मिलवेल आरडी सामुदायिक केन्दमा यस्ता सांगीतिक कार्यक्रमहरु खासै हुनेगरेका छैनन । पहिलो पटक म्युजिक भिडियो छायांकन गरिएको र उक्त भिडियो लोकप्रिय भएसँगै यो भेन्युको प्रचारप्रसारलाई समेत ध्यानमा राखेर सांगीतिक कार्यक्रम गर्न लागेको आयोजकले जानकारी दिएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार