NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

ब्रिजवेनको नाइस टि २० कपको उपाधी एक्सपर्ट क्रिकेट क्लबको पोल्टामा

Nepaltube Australia

ब्रिजवेन/हरेक वर्ष हुदै आएको नाइस टि २० क्रिकेट कपको उपाधी एक्सपर्ट नेपलिज क्रिकेट क्लबले जितेको छ । फाइनलमा नोभा नेपलिज क्रिकेट क्लब टोअम्बालाई ७ विकेटको फराकिलो अन्तरले हराउदै एक्सपर्ट क्लबले उपाधी चुमेको हो ।  ब्रिजवेनको फेयरफिल्डमा भएको खेलमा पहिले ब्याटिङ गरेको नोभाले २० ओभरमा   ८ विकेट गुमाउदै १ सय २ रन बटुलेको थियो ।

नोभाका लागि बिक्रम सापकोटाले ४३ रन जोडेका थिए । एक्सपर्टको टिमले १८ ओभरमा ३ विकेट गुमाउदै १ सय ३ रनको लक्ष्य हासिल गरेको थियो । एक्सपर्ट टिमका लागि रबिनराज कोइरालाले ४२ रन बटुलेका थिए । त्यस्तै कृष्ण गजुरेलले ४ विकेट लिएर एक्सपर्टको विजय सुनिश्चित गरेका थिए ।

Nova Nepalese Cricket Club Toowoomba

विजयी टिमले ४ हजार र रनरअपले २ हजार डलर नगदसहित शिल्ड पुरस्कार पाएको छ । प्रतियोगितामा म्यान अफ द सिरिज र वेष्ट ब्याट्स म्यानको उपाधी नेपलिज राइनो क्रिकेट क्लबका नबिन शाहीले जितेका छन् । त्यस्तै प्रतियोगिताको वेष्ट वलर भने ब्रिजवेन युनाइटेड क्रिकेट क्लबका आशिष लामिछाने बनेका छन् ।
५ महिनादेखि जारी नाइस टि २० कप प्रतियोगितामा ब्रिजवेन र आसपासका ९ वटा नेपाली टिम सहभागी थिए । कुइन्सल्याण्ड नेपलिज क्रिकेट एशोसियसनले प्रतियोगिताको आयोजना गरेको हो । खेललाई नाइस लोन मोर्गेजले प्रयोजन गरेको थियो । प्रतियोगिता अवधीमा ३१ वटा खेल भएको थियो । Photo- Brisbane United Cricket Club

फाइनल खेलको लिंक यहाँ छ

(34) QNCA – Nice T20 Cup – Grand Final – Nova Nepalese Toowoomba v Expert Nepalese CC Brisbane – YouTube

 

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार