NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

विश्व स्वास्थ्य सम्मेलन सिड्नीमा सुरु, विश्वभर छरिएका नेपाली स्वास्थ्यकर्मी एकै थलोमा !

nepaltube

ब्रिजबेन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा चौथो विश्व स्वास्थ्य सम्मेलन सुरु भएको छ। अष्ट्रेलियाको सिड्नीमा ‘सबैका लागि मानसिक स्वास्थ्य तथा सुदृढ स्वास्थ्य सेवा वितरण प्रणाली’ नारासहित सम्मेलन सुरु भएको हो ।

जारी सम्मेलनमा विश्वभरका नेपाली स्वास्थ्यकर्मीहरु तथा चिकित्सकहरु सहभागी भएका हुन । सेप्टेम्बर १६ देखि सुरु भएको सम्मेलन १८ तारिखमा सम्पन्न हुनेछ । एनआरएनएको विश्व स्वास्थ्य समितिका अध्यक्ष डा सञ्जीव सापकोटाले विश्वका सय भन्दा बढी देशमा छरिएका नेपाली स्वास्थ्यकर्मी एउटै छानामुनि आएको जानकारि दिनुभयो ।

एनआरएनए–अष्ट्रेलिया, नेपाल चिकित्सक संघ, नेपाल नर्सिङ एसोसिएसन, स्टार्स स्कालर्स नेटवर्कको साझेदारीमा सम्मेलन आयोजना गरिएको हो। स्वास्थ्य सम्मेलनलाई विश्वकै ठूलो भेला भएको बताइएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार