NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

ब्रिजवेन नजिकै दोहोरो गोली हानाहानमा ६ जनाको निधन

Nepaltube Australia

ब्रिजवेन/ अष्ट्रेलियाको ब्रिजवेनबाट १ सय किलोमिटर पश्चिममा पर्ने वेष्टर्न डाउन क्षेत्रमा प्रहरीसंगको दोहोरो गोली हानाहाना हुदा ६जनाको ज्यान गएको छ ।निधन हुनेमा स्पेसल अपरेसन टिमका दुई प्रहरी, एक सर्वसाधारण र तीन हतियारधारी समुहका सदस्य छन् ।

घटनामा अन्य दुइ प्रहरी समेत घाईते भएका छन् । हराईरहेको एक व्यक्ति बारे अनुसन्धानको क्रममा प्रहरी टोली सोमबार साझँ पौने ५ बजेतिर घटना भएको घरमा पुगेको थियो ।  ४ जनाप्रहरी उक्त घरमा पुग्ने बित्तिकै भित्रबाट प्रहरीलाई निशाना बनाएर गोली हानिएको बताईएको छ ।

प्रहरीले घटना भएको  ईलाका वरिपरी आपतकालिन क्षेत्र घोषणा गरेको छ ।

कुन्सल्याण्ड प्रहरी प्रमुख क्याटरिना क्यारलले यो घटना निधन भएका प्रहरी, सर्वसाधारण र उनीहरुको परिवार र सिंगो प्रहरी संगठनकालागि दुखद भएको बताउनुभयो ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार