NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

महान फुटबलर पेले रहेनन्

Nepaltube Australia

ब्रिजवेन/२० औं शताब्दीका महान फुटबल खेलाडी पेलको निधन भएको छ । ब्राजिलका खेलाडी पेलेको ८२ वर्षको उमेरमा साउ पाउलोको एक अस्पतालमा आज बिहान निधन भएको हो । उनी केही समयदेखि क्यान्सरको उपचार गराइरहेका थिए । बिबिसीका अनुसार, पेलेलेले आफ्नो २१ वर्षे फुटबल करियरमा १२ सय ८१ गोल गरेका छन् ।

त्यस्तै देशका लागि खेलेको ९२ खेलमा ७७ गोल गरेका छन् । पेलको नेतृत्वमा ब्राजिलले तीन पटक विश्व कप फुटबलको उपाधी चुमेको थियो । उनी नै तीन पटकसम्म विश्वकप जित्ने पहिलो खेलाडी हुन् । फिफाले पेलेलाई शताब्दी खेलाडीको उपाधी समेत दिएको छ ।

 

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

ट्यागहरू

सम्बन्धित समाचार