NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

एकाबिहानै उत्तरी अष्ट्रेलियामा ७.६ रेक्टर भूकम्पको धक्का

Nepaltube Australia

ब्रिजवेन/ अष्ट्रलियाको नर्दन टेरिटोरी क्षेत्रमा एकाबिहानै भूकम्पको धक्का आएको छ । नर्दन टेरिटोरीको राजधानी डार्बिनबाट झण्डै ६०० किलोमिटर टाढा ईन्डोनेसियाको क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

त्यसको धक्का डार्बिन क्षेत्रमा २ मिनेटसम्म महशुस भएको स्थानियले सामाजिक संजालमा लेखेका छन्  । बिहान साढे ३ बजेतिर भूकम्पगएको हो । भूकम्पका कारण डार्बिन क्षेत्रमा मानविय क्षति नभएको स्थानिय संचारमाध्यमहरुले जनाएका छन् ।

मौसम ब्युरोका अनुसार भूकम्पका कारण सुनामीको खतरा छैन ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

ट्यागहरू

सम्बन्धित समाचार