NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

उपचारमा गम्भिर लापरबाही, सिड्नीमा कार्यरत नर्सको दर्ता एक वर्षका लागि रद्ध !

nepaltube

ब्रिजबेन । सिड्नीको एक नीजि अस्पतालमा उपचारका क्रममा लापरबाही गरेको अभियोगमा एक  नर्सको दर्ता एक वर्षका लागि रद्ध गरिएको छ । उपचारका क्रममा लापरबाही गर्दा एक ८५ वर्षीया बिरामीको मृत्यु भएपछि न्यु साउथ वेल्सको एनक्याटले एक वर्षका लागि दर्ता खारेज गरिदिएको हो ।

सन २०२१ को जुलाईमा नाइट ड्युटी गरिरहेको समयमा मोबाईलमा ब्यस्त भएर ५ जना विरामीको हेरचाहमा हेलचेक्राई गरिएको सीसीटीभी फुटेजबाट पुष्टि भएको बताइएको छ । मोबाईलमा झुण्डिने लतका कारण विरामीको मुटको चाल मनिटर गर्ने मेसिन समेत बन्द गरिएको र लामो समयसम्म अन्य नर्सले समेत वेवास्था गरेपछि बिरामीको मृत्यु भएको निष्कर्षसहित कारबाहीको प्रक्रिया अघि बढाइएको बताइएको छ ।

स्वास्थ्य क्षेत्र सम्बेदनशिल भएको र यहाँ सामान्य लापरबाहीका कारण समेत बिरामीको ज्यान जानसक्ने भन्दै एनक्याटले सबैलाई सचेत समेत गराएको छ । स्वास्थ्य क्षेत्रमा तपाईँ अष्ट्रेलियामा कार्यरत हुनुहुन्छ भने मोबाईलको लतबाट मुक्त हुनुहोस, सामान्य गल्तीका कारण आफूसँगै अरुलाई जोखिम बढाउने भन्दै सचेत र जिम्मेबार बन्नुहोस् ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार