NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

भारतलाई हराएर अष्ट्रेलियाले जित्यो चौथो पटक अन्डर १९ विश्वकपको उपाधि

nepaltube

काठमाडौं । आइतबार भएको यू–१९ विश्वकपको फाइनलमा भारतलाई ७९ रनले पराजित गर्दै अष्ट्रेलियाले उपाधि जितेको छ । जितका लागि अष्ट्रेलियाले दिएको २५४ रनको लक्ष्य पछ्याउने क्रममा भारतीय टोली ४३.५ ओभरमा १७४ रनमा अलआउट भएसँगै उपाधि अष्ट्रेलियाको पोल्टामा पुगेको हो ।

भारतका लागि आदर्श सिंह (४७) र मुरुगन अभिषेक (४२) ले सर्वाधिक रन बनाए । मुशीर खानले २२ रनको योगदान दिए । अस्ट्रेलियाका राफ म्याकमिलन र महली बियर्डम्यानले ३/३ विकेट लिएर भारतलाई धारासायी बनाए । अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २५३ रनको चुनौती प्रस्तुत गरेको थियो । हरजस सिंहले सर्वाधिक ५५ रन बनाए । कप्तान ह्युज विब्जेन ४८ रनको योगदान दिदा ह्यारी डिक्सन ४२ रन बनाए । भारतका लागि राज लिम्बानीले ३ विकेट लिए भने नमन तिवारीले २ विकेट लिएका थिए ।

अष्ट्रेलियाले १९ वर्षपछि यू–१९ विश्वकपको उपाधि हात पारेको छ । उपाधिका हिसाबले भने यो चौथो हो ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार