NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

अष्ट्रेलियामा क्यान्सरसँग जुध्दै नेपाली विद्यार्थी, जीवन बचाउन सकेको सहयोग गरौँ !

nepaltube

ब्रिजबेन । अष्ट्रेलियामा अध्ययनरत एक नेपाली विद्यार्थीले स्वास नलीको क्यान्सरको उपचारका लागि सहयोगको याचना गर्नुभएको छ । दुई वर्ष अघि उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलियाको ब्रिजबेन पुग्नुभएकी अरुणा अधिकारीलाई स्वास नलीको क्यान्सर पहिचान भएपछि उपचारका लागि आर्थिक चाहिने भएर गो फण्डमी अभियान सुरु गरिएको हो ।

अष्ट्रेलियामा क्यान्सरसँग जुध्दै गरेकी नेपाली चेलीका लागि आर्थिक सहायोग गर्न यो लिंकमा जानुहोस् 

श्रीमानसहित ब्रिजबेनमा अध्ययनरत अरुणको तीन महिना अघि मात्रै बच्चा जन्मिएको थियो । छाती दुखेर स्वास्थ्य जाँचमा जादा क्यान्सर पुष्टि भएपछि अहिले उपचार थालिएको छ । उपचारका क्रममा ३२, ३३ वटा रेडियन गर्नुपर्ने भएको छ ।

यसका लागि धेरै उपचार खर्च चाहिने भएकाले एनआरएनए क्वीन्सल्याण्डको पहलमा गो फण्डमी अभियान सुरु गरिएको छ । गो फण्डमी अभियानमार्फत सकेको सहयोग गरेर नेपाली चेलिको जीवन रक्षामा सहयोगी बन्न सक्नुहुनेछ ।

तपाईको सानो सहयोगले परदेशमा रहेकी एक चेलीको जीवनमा खुसीको बहार आउनसक्छ । गो फण्ड मी को यो लिंकमा गएर सकेको सहयोग गरौँ, नेपालीहरुको एकता र आत्मियताको उदाहरण देखाउ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार