NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

करिब १ घण्टामा खुले फेसबुक र इन्स्टाग्राम,करोडौं सेवाग्राही प्रभावित !

nepaltube

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम अचानक लग आउट हुने समस्या करिब एक घण्टापछि समाधान भएको छ ।  सर्भर अचानक डाउन भएर लगआउट हुने विश्वभरका सेवाग्राहीको एकाउन्ट खुल्न थालेको हो ।

नेपालमा बेलुका ९ बजे, अष्ट्रेलियाको सिड्नी समय अनुसार २ बजे चलिरहेको एकाउन्ट अचानक बन्द भएकोमा करिब १ घण्टापछि खुलेको छ । लगआउट समस्याले करिब एक घण्टा  विश्वका अधिकांश देशमा सेवाग्राहीले समस्या भोग्नुपर्‍यो ।

मेटा प्लेटफमका इन्स्टाग्राम लगायतका अन्य केही एकाउन्ट समेत डाउन भएकोमा अहिले समस्या समाधान भैरहेको छ । के कति कारणले समस्या भएको हो एकिन भएको छैन ।

मेटाकै ह्वाट्सएप प्लेटफममा भने कुनै समस्या देखिएको थिएन, सामान्य जस्तै चलिरहेको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार