NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

मेलबर्नमा मार्च २४ मा भब्य होली कार्यक्रम, यसरी काटौँ टिकट !

nepaltube

ब्रिजबेन । आगामी मार्च २४ तारिख शनिबारका दिन अष्ट्रेलियाको मेलवर्नमा भब्य सांस्कृतिक कार्यक्रम ‘म्याभेन जात्रा’ आयोजना हुने भएको छ । होलीको दिन मेलवर्नको द प्यकडक फेडरेशन स्क्वाएरमा आयोजना हुने सांस्कृतिक कार्यक्रम म्युजिक, कलर र फूडको संगम हुने भएको हो ।

रथ यात्रा, लाखे डान्ससहितका विभिन्न कार्यक्रमले मेलबर्न एक दिन नेपालमय बन्ने छ । मेलबर्न समय अनुसार दिउँसो १२ बजेदेखी राती ८ बजेसम्म आयोजना हुने सांस्कृतिक कार्यक्रममा प्रकाश सपुत, चर्चित र्यापर लाहुरे अर्थात आशिष रानामगर, जोन एण्ड द लोकल्सका चर्चित गायक जोन चाम्लिङ राई लगायतका ६ जना चर्चित कलाकारको प्रस्तुती रहने आयोजकले जानकारि दिएको छ । यो इभेन्टमा होलीको रङसँग मज्जाले रम्न पाइने छ । इभेन्ट स्थलमा राखिने नेपाली खानाको परिकारको मज्जा लिनुका साथै चर्चित कलाकारको सांस्कृतिक प्रस्तुतीमा रम्न पाइनेछ ।

यो ब्रिजबेन मात्रै नभएर अष्ट्रेलियामा नेपाली समूदायले आयोजना गर्ने सांस्कृतिक कार्यक्रम बन्दैछ । जुन  बिगसट इभेन्टस, एसएस इभेन्टस एण्ड मल्टिमिडिया, पार्टी रकर्स अष्ट्रेलिया, नेप्हक मेलवर्न, द पिक इभेन्टस, मेभेन इन्टरटेनमेन्ट, सीओडी, द क्लास एक्स इभेन्टसले संयुक्त रुपमा आयोजना गर्न लागेको विगसर्टका कार्यकारी निर्देशक बिकि बिष्टले जानकारी दिनुभयो ।

भब्य बन्ने सांस्कृतिक जात्रामा सहभागि हुने तपाईले अनलाईन टिकट समेत काट्न सक्नुहुनेछ । ५० डलर मुल्य रहेको टिकट काटेर सांस्कृतिक कार्यक्रममा रम्नुहुन्छ भने यो लिंकमा जानुहोस् ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार