NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

अष्ट्रेलियाको पछिल्लो माईग्रेसन अपटेड बुझाउन मेलवर्नमा एक्सपर्टको कार्यक्रम!

nepaltube

मेलबर्न । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज मेलबर्नले आगामी बुधबार अर्थात १५ मे मा आफ्ना तीनवटै कार्यालयहरुमा माईग्रेसन क्वेष्ट नामक विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । पछिल्लो समय अष्ट्रेलियाको माईग्रेसन नीतिमा आएको परिवर्तन, सामाजिक सञ्जालहरुमा अब अष्ट्रेलिया आउनै सकिन्न , टिक्नै दिँदैनन् कि भन्दै आएको टिकाटिप्पणीलाई स्पष्ट पार्न एक्सपर्टले विशेष कार्यक्रम गर्न लागेको हो ।

एक्सपर्ट मेलबर्नका माइग्रेसन एजेन्ट सरोज शर्माले पछिल्लो समय भएका माईग्रेसन नीति, विद्यार्थी भिसाको अवस्था र पढाई लगायत बारे सही जानकारी दिने उद्देश्यले कार्यक्रम गर्न लागिएको जानकारि दिनुभयो । बुधबार दिउँसो १ बजेदेखि ५ बजेसम्म सिटी अफिस, ग्लेनरोय अफिस र डेन्डिनोंग अफिसमा माईग्रेसन क्वेष्ट सञ्चालन गर्ने माइग्रेसन एजेन्ट शर्माले जानकारि दिनुभएके छ । विद्यार्थीको परिस्थिति, त्यसमा परिवर्तित नीतिले पार्ने प्रभावका विषयमा २ वटा प्रस्तुती समेत हुने बताइएको छ ।

सहभागि हुन कुनै शल्क नलाग्ने भएपनि अग्रिम रुपमा दर्ता गराउनुपर्ने व्यवस्था भने गरिएको छ । नाम दर्ता गर्न यहाँ क्लीक गर्नुस् । माईग्रेसन क्वेष्ट कार्यक्रममा सहभागीहरु सबैले फिल्मको टिकट पाउने छन् । लक्की ड्र बाट २ जना सहभागीलाई ईन्डोर स्काइडाइभिङको टिकट समेत उपलब्ध गराइने बताइएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार