NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

वरिष्ठ साहित्यकार भवानी घिमिरेको सम्झनामा क्यानबेरामा विशेष साहित्यिक कार्यक्रम !

nepaltube

ब्रिजबेन । वरिष्ठ साहित्यिक पत्रकार एवं कवि भवानी घिमिरेको सम्झनामा अष्ट्रेलियाको राजधानी क्यानबेरामा विशेष साहित्यिक कार्यक्रम आयोजना हुँदैछ । भानु परिवारले शनिबार क्यानबेरास्थित अष्ट्रेलियाका लागि नेपाली राजदूतको निवासमा कार्यक्रम गर्न लागिएको जानकारि दिएको हो ।

कवि घिमिरे साहित्यिक पत्रकार संघका संस्थापक अध्यक्ष समेत हुनुहुन्छ । नेपालसँगै अष्ट्रेलियामा पनि घिमिरेको सम्झनामा कार्यक्रम गर्न लागिएको बताइएको छ । शनिबार बिहान ११ बजे क्यानबेरास्थित नेपाली राजदूतको निवासमा हुने कार्यक्रममा कवि घिमिरेको जीवनीका विषयमा प्रकाश पारिनुका साथै विभिन्न साहित्यिकारहरुले आफ्ना सिर्जना समेत प्रस्तुत गर्नुहुनेछ । हरेक वर्ष झै यस वर्ष भानु परिवारबाट “भानु भवानी पत्रकारिता सम्मान” अष्ट्रेलियाको राजधानि क्यानबेराबाट दुईजना पत्रकारहरूलाई प्रदान गर्ने निर्णय गरिएको समेत बताइएको छ । आयोजक भानु परिवारले सबैलाई उपस्थित भएर कार्यक्रमको शोभा बढाइदिन सबैलाई आग्रह समेत गरेको छ ।

भवानी घिमिरेको साहित्य यात्रा विक्रम सम्वत २००८ सालमा युवाणी पत्रिकामा समता शीर्षकमा निबन्ध प्रकाशित गरेपछि सुरु भएको थियो । घिमिरेले २००९ मा आत्माज्वाला कथा संग्रह, २०१४ मा नानी कथा संग्रह, २०२५ मा स्मृतिका रेखाहरु कविता संग्रह, २०५८ मा मेरा अभिव्यक्ति विविध निबन्ध र भूमिका संग्रह लगायत सात वटा कृति प्रकाशित गर्नुभएको छ । २०३६ सालमा सडक कविता क्रान्तिमा नेतृत्वदायी योगदान दिनुभएको थियो । साहित्यिक पत्रकार संघ, नेपाली साहित्य विकास समिति, महानन्द पुरस्कार समितिका संस्थापक अध्यक्षका रुपमा समेत उहाँले भुमिका खेल्नुभएको थियो । साहित्यकार घिमिरेले विभिन्न साहित्यिक सिर्जना र पत्रिकाहरुको सम्पादन समेत गर्नुभएको थियो ।

यस्तो छ कार्यक्रम तालिका

  • मिति :- १८/०५/२०२४  (18th of May Saturday)
  • समय :- ११ बजे
  • स्थान :- 6 Mialli Place, O’malley ACT
  • राजदूत निवास  (Ambassador’s Residence)
  • सम्पर्क नम्बर :- 0451631757 महत्ता घिमिरे चापागाई / 0449735008 बासु चापागाई
शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार