NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

विदेश जाने विद्यार्थीलाई शैक्षिक संस्थाको र्‍याङकिङ र आधिकारिकता हेरेर जान सरकारको आग्रह

Nepal Tube

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शैक्षिक संस्थामा पढ्न जाँने नेपाली विद्यार्थीलाई  र्‍याङकिङ र आधिकारिकता हेरेर मात्र जान सचेत गराएको  छ ।

मन्त्रालयले एक सूचना जारी गरेर विदेशी विश्वविद्यालय र कलेजमा नेपाली विद्यार्थी ठगिएको गुनासो आएपछि र्‍याङकिङ र आधिकारिकता हेरेर मात्र अध्ययन अनुमति पत्र (एनओसी) लिएर अध्ययनमा जान अनुरोध गरेको हो ।

उच्च शिक्षाका लागि विदेश पुगेका मा विद्यार्थीहरूबाट विभिन्न समयमा आफ्नो शिक्षण संस्था आधिकारिक नभएको, विश्वविद्यालय/कलेजको भौतिक सुविधासमेत शिक्षण अनुकूल नभएको, आफू ठगीमा परेको भन्ने गुनासो आएको सूचनामा भनिएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार