NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

नयाँ वर्ष ०२६ सँगै अष्ट्रेलियामा परिवर्तन हुँने ५ नियम, लाखौंलाई हुनेछ फाइदा

Nepal Tube

काठमाडौं । नयाँ वर्ष २०२६ मा अष्ट्रेलियामा कतिपय नियमहरु परिवर्तन हुँदैछन । कतिपय नयाँ नियम आउदैछन ।

यस्ता छन् जनवरी १ बाट लागू हुने ५ अपडेटहरु : 

१, मेडिकेयर डाक्टरले prescription लेखेर दिएका औषधी किन्दा लाग्ने साँढे ३१ डलर शुल्क घटाएर २५ डलर ।

२, अत्यावश्यक सेवास्थल Petrol Pump, ग्रोसरी सपमा ५०० डलरसम्मको नगद कारोबार सुविधा (१० मिलियन भन्दा कम कारोबार गर्नेमा अनिवार्य नहुने) ।

३, Child Care मेडिकेयर सीसीआर अन्तर्गत १५ दिनमा ७२ घण्टाको सुविधा ।

४, भिक्टोरिया राज्यभर १८ वर्ष उमेर सम्मका युवाहरुले ५ डलरक‍ो युथ माईकी कार्ड लिएपछि सार्वजनिक यातायातको भाडा तिर्नु नपर्ने ।

५, NSW राज्यमा गाडी चलाउने टोल यात्राको भाडा बढ्ने तर नियमित टोल यात्रा गर्ने Residence लाई लाग्ने ८० डलरको क्याप अब परमानेन्ट गरिदै ।

नयाँ वर्षमा धेरै परिवर्तन आउने भएपनि यी ५ परिवर्तनले लाखौं अष्ट्रेलियन विशेषगरी नेपाली लगायतका आप्रवासीलाई फाइदा पुग्ने बताइएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार