NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

सिड्नीमा तीनदिने ‘धर्म जागरण महासत्संग’, संस्कृत विश्वविद्यालय बनाउने उदेश्य

Nepal Tube

काठमाडौं । सिड्नीमा संस्कृत भाषाको विश्वविद्यालय बनाउने उदेश्यले आजबाट ‘धर्म जागरण महासत्संग’ धार्मिक–सांस्कृतिक महोत्सव सुरु भएको छ । विहान कलश यात्रासहित सुरु भएको महासत्संग ३ दिनसम्म चल्ने बताइएको छ ।

सिड्नीको अबनस्थित ग्राण्ड प्यालेस फङसन सेन्टरमा कथाबाचिका राधिका दासीजीले कथा बाचन गरिरहनु भएको छ । श्री योगी नरहरिनाथ एवम् आदित्यनाथ फाउण्डेसनले विश्वविद्यालय बनाउने अभियानका रुपमा थालेको यो अभियान जनवरी २ आजबाट सुरु भएर ३ र ४ तारिखसम्म तीन दिनसम्म सञ्चालन हुनेछ ।

महासत्संग प्रवासी नेपाली तथा हिन्दू समुदायका लागि धर्म, संस्कार र सांस्कृतिक पहिचानलाई जीवन्त राख्ने एक महत्वपूर्ण अभियान भएको बताइएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार