NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

एन्टाको नयाँ नेतृत्वमा सुजित कुमार सिंह, अरु को-को समेटिए सर्वसम्मत टिममा ?

Nepal Tube

काठमाडौं । एशोसिएसन अफ नेपाल तराई इन अष्ट्रेलिया (एन्टा) ले सुजित कुमार सिंहको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ।

अनलाइन निर्वाचनको तयारी हुँदैगर्दा अध्यक्ष उम्मेदवार नितेश साहाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि सहमतिबाटै नयाँ कार्यसमिति चयन भएको हो । गत साता सम्पन्न वार्षिक साधारण सभाले नयाँ नेतृत्व छान्न नसकेपछि निर्वाचन प्रक्रिया अघि बढाइने तयारी गरिएको थियोे । तर निर्वाचन समितिको पहलमा सहमति जुटेको छ ।

यस्तो छ नयाँ कार्यसमिति

अध्यक्ष: सुजित कुमार सिंह,उपाध्यक्ष: विकास कुमार झा,
महासचिव: अन्जु शाह,
संयोजक: एमडी सैफुल्लाह,
कोषाध्यक्ष: रञ्जित कुमार दास,
सह–कोषाध्यक्ष: विनय कुमार यादव, जनसम्पर्क अधिकृत: मनिष कुमार साह

कार्यसमिति सदस्यहरू
: राजेश यादव, रितेश कुमार महतो, सुजित कुमार साह, विशाल कुमार पण्डित, सुरज कुमार साह, नितिश गुप्ता, अजित कुशवाहा, विक्की कुशवाहा, प्रमिश महतो र नरेश कुमार साह

एन्टाका निवर्तमान अध्यक्ष रञ्जित साहले  समुदायको हित, संस्कृति संरक्षण र पहिचानका सवालमा नयाँ टिमले भुमिका खेल्ने विश्वास गर्नुभएको छ । उहाँले अनुभवी र समुदायमा क्रियाशील  व्यक्तित्वहरूलाई जिम्मेवारी हस्तान्तरण गर्न पाउँदा गर्व लागेको बताउनुभएको छ । साह अष्ट्रेलियामा समाजसेवीका साथै सफल व्यवसायीका रुपमा समेत परिचित हुनुहुन्छ ।

नव–निर्वाचित अध्यक्ष सुजित सिंहले प्रवासमा करिब डेढ दशकको सामाजिक अनुभवलाई एन्टाको दुई वर्षे कार्यकालमा उपयोग गर्ने र सशक्त संस्था बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उपाध्यक्ष विकास झासहित अन्य पदाधिकारीहरूले तराई समुदायसँगै समग्र नेपाली समुदायबीच सहकार्य विस्तार गर्ने बताउनुभएको छ ।

सामाजिक सेवा, सांस्कृतिक प्रवर्द्धन र समुदायका अधिकारका सवालमा सक्रिय रहँदै आएको एन्टा अष्ट्रेलियाको उदाहरणीय संस्थाका रूपमा परिचित छ। संस्थाका सामाजिक गतिविधिले नेपालमा समेत निरन्तरता पाइरहेको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार