NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

जनवरी २८ देखि ३१ सम्म ब्रिजबेनमा पासपोर्ट नविकरण घुम्ती सेवा सञ्चालन हुने

Nepal Tube

काठमाडौं । अष्ट्रेलियास्थित क्विन्सल्याण्ड राज्यक‍ो ब्रिजबेनमा राहदानी नविकरणको घुम्ती सिविर सञ्चालन हुने भएको छ ।

पासपोर्टको घुम्ती सिविर जनवरी २८ देखि ३१ सम्म एनआरएनए क्विन्सल्याण्डको कार्यालय ब्रिजबेनमा हुन लागेको हो । पासपोर्ट नविकरण गर्नुपर्ने नेपाली नागरिकलाई  एनआरएनए क्विन्सल्याण्डले आवश्यक कागजातसहित अनलाइन फारम भरेर तयारी अवस्थामा रहन आह्वान गरेको छ ।

पासपोर्टको घुम्ती सिविरबाट सेवा लिन राहदानी विभागको वेवसाइडमा गएर Pre-enrollment विवरण भर्नु पर्नेछ । एनआरएनए क्विन्सल्याण्डले आफूसँग भएको पासपोर्ट वा हराएको भए भिसासहितको पासपोर्टको फोटोकपी विवरण, नेपाली नागरिकताको कपि र अनलाइन फारमको प्रिन्ट कपि साथमै राख्न सुझाव दिएको छ ।

यता, साउथ अष्ट्रेलियाको एडिलेडमा समेत फेब्रुअरी ८ देखि १३ सम्म पासपोर्ट घुम्ती सेवा सञ्चालन हुने भएको छ । यसअघि सिड्नीमा घुम्ती सेवाबाट २ सय बढीले सेवा लिनुभएको छ । यस्ता घुम्ती शिविरले पासपोर्ट नविकरणकै लागि घण्टौंको हवाईयात्रा गरेर डार्बिन, पर्थ, एडिलेड, ब्रिजबेन, तास्मानियादेखि नेपालीहरु क्यानबेरास्थित दूतावास धाउने बाध्यता हटेको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार