NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

नेपालकै शिर उचो राख्ने १४ वर्षीया शिवाली गुरुङ

अष्ट्रेलिया ओपन टेनिसमा उत्कृष्ट प्रदर्शन

Nepal Tube

काठमाडौं । अष्ट्रेलिया ओपन टेनिसमा नेपालबाट सहभागी भएर १४ वर्षीया शिवाली गुरुङले नेपालकै शिर उचो बनाउनुभएको छ ।

बिहिवार भएको १४ वर्ष मुनिको एलिड क्याटेगोरि अन्तरगत सेमिफाइनलमा शिवाली अष्ट्रेलियाका खेलाडीसँग पराजित हुनुभएको छ । टेनिसको महाकुम्भ मानिने ओपन टेनिसमा आज तेस्रो बन्न जापानसँग खेल्दै हुनुहुन्छ । ८ देसका खेलाडी सहभागी समूह चरणका खेलमध्ये अष्ट्रेलिया र भारतसँग पराजित भएपनि चीन र न्युजिल्यान्डका खेलाडीलाई हराउदै सेमिफाइनल पुग्नुभएको थियोे ।

विश्वचर्चित खेलाडी सहभागी हुने अष्ट्रेलिया ओपन टेनिसमा नेपालको प्रतिनिधित्व गर्दै खेल्न पाउँदा अत्यन्तै खुसी लागेको शिवालीले नेपालट्युबलाई बताउनुभएको छ । युरोपका विभिन्न प्रतियोगितामा सहभागी उहाँ एसियाली खेलको तेस्रो ग्राण्डबाट अष्ट्रेलिया ओपन टेनिसमा सहभागी हुनुभएको थियोे ।

काठमाडौंकि शीवालीले  ६ वर्षको उमेरदेखि टेनिस खेल्दै आउनुभएको छ । परिवारको राम्रो साथ सहयोग पाउनुभएकी शिवाली र बुबालाई अष्ट्रेलियामा भब्य स्वागत गरिएको छ । मेलवर्नमा जारी प्रतियोगितामा सहभागी हुन अष्ट्रेलिया आउनुभएकी शिजाली र बुबालाई वाणिज्य दूतावास, तमु समाजसँगै सिंगो नेपाली समूदायले भब्य स्वागत गरेको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार