NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

अष्ट्रेलिया ओपन टेनिसको एलिड क्याटेगोरितर्फ नेपालकी शिवाली गुरुङ चौथो

Nepal Tube

काठमाडौं । अष्ट्रेलिया ओपन टेनिस अन्तरगत एलिड क्याटेगोरि तर्फ १४ वर्षीया नेपाली शिवाली गुरुङ चौथो बन्नुभएको छ ।

नेपालकै शिर उचो बनाउदै टेनिसको महाकुम्भ मानिने अष्ट्रेलिया ओपन टेनिसमा सहभागी गुरुङ आजको खेलमा जापानसँग पराजित भएर चौथो बन्नुभएको हो ।  बिहिवार भएको १४ वर्ष मुनिको एलिड क्याटेगोरि अन्तरगत सेमिफाइनलमा शिवाली अष्ट्रेलियाका खेलाडीसँग पराजित हुनुभएको थियोे  । ८ देसका खेलाडी सहभागी समूह चरणकाे खेलमा अष्ट्रेलिया र भारतसँग पराजित भएपनि चीन र न्युजिल्यान्डलाई हराउदै सेमिफाइनल पुग्नुभएको थियोे ।

विश्वचर्चित खेलाडी सहभागी हुने अष्ट्रेलिया ओपन टेनिसमा नेपालको प्रतिनिधित्व गर्दै खेल्न पाउँदा अत्यन्तै खुसी लागेको शिवालीले नेपालट्युबलाई बताउनुभएको छ । ६ वर्षको उमेरदेखि टेनिस खेल्दै आउनुभएकि शिवाली र बुबालाई अष्ट्रेलियामा भब्य स्वागत गरिएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार