NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

KMC अस्पतालले गर्यो साम्बाको निःशुल्क उपचार गरिदिने बाचा

Nepal Tube

काठमाडौं । काठमाडौं मेडिकल कलेजले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान, नेपाली भेट्रान स्ट्राइकर साबित्रा भण्डारी ‘साम्बा’को निःशुल्क उपचार गरिदिने जनाएको छ ।

फुटबलर साम्बाले उपचार खर्चका लागि सहयोगको आह्वान गरेपछि  केएमसी अस्पतालका सञ्चालक सुनिल शर्माले निःशुल्क उपचारको घोषणा गर्नुभएको हो । उहाँले देशका लागि योगदान दिएकी खेलाडीको स्वास्थ्य उपचारमा साथ दिने प्रतिबद्धता जनाउदै सबैले सकेको जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभएको छ ।

कांग्रेसको राजनीतिमा समेत सक्रिय मेडिकल व्यवसायी शर्माले सामाजिक उत्तरदायित्व अन्तरगत कतिपय विरामीको उपचारमा सहयोगदेखी नि:शुल्क स्वास्थ शिविर सञ्चालन गर्दै आउनुभएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार