अस्ट्रेलियामा दसैंको टीकाको साइत सहरअनुसार फरक, कहाँ कति बजे?
नेपालट्युब

अस्ट्रेलियामा बसेर दसैं मनाउँदै हुनुहुन्छ? यस वर्ष विजयादशमीको टीका अक्टोबर २१ गते परेको छ। तर अस्ट्रेलियाका विभिन्न सहरमा टीकाको साइत फरक–फरक समयमा रहेको छ।
सबैभन्दा अगाडि ब्रिस्बेनमा बिहान ८:२५ बजे टीकाको साइत छ भने सबैभन्दा ढिला डार्विनमा बिहान ९:३१ बजे रहेको छ।
पर्थमा ८:५४, तास्मानियामा ८:५५, क्यानबेरामा ९:०७, एडिलेडमा ९:१५, सिड्नीमा ९:२९ र मेलबर्नमा ९:३० बजे टीकाको साइत रहेको छ।
त्यस्तै, घटस्थापनाको साइत पनि सहरअनुसार फरक रहेको छ।
सिड्नीमा १०:५५, मेलबर्नमा ११:२१, ब्रिस्बेनमा ११:१७, एडिलेडमा ११:०५, क्यानबेरामा ११:०९, तास्मानियामा ११:१५, पर्थमा १०:५७ र डार्विनमा ११:२५ बजे घटस्थापनाको साइत रहेको छ।
अस्ट्रेलियामा दसैं मनाउँदै हुनुहुन्छ भने आफू बसेको सहरको साइतअनुसार टीका लगाउन सकिन्छ।
शेयर:
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…








