बुढानीलकण्ठको घरबाट २१ किलोभन्दा बढी सुन बरामद, तीन चिनियाँ नागरिक पक्राउ
नेपालट्युब

काठमाडौंको बुढानीलकण्ठस्थित एक घरबाट २१ किलोभन्दा बढी सुन बरामद भएको छ।
सुन प्रशोधन गर्ने ठाउँ बनाइएको उक्त घरबाट प्रहरीले तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी पक्राउ परेका चिनियाँ नागरिकलाई सार्वजनिक गरेको हो। कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई बुढानीलकण्ठस्थित उनीहरूले भाडामा लिएको घरबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार उक्त घरमा सुन गाल्न प्रयोग गरिने मेसिनसमेत फेला परेको छ। घरबाट तयारी अवस्थामा रहेका ११ वटा पिसमा १० किलो ९९७ ग्राम सुन बरामद भएको थियो।
त्यस्तै, प्लास्टिकमा राखिएको १० किलो ७५२ ग्राम अर्धठोस सुन पनि बरामद भएको प्रहरीले जनाएको छ। दुवै गरी कुल २१ किलो ७४९ ग्राम सुन बरामद भएको हो।
शेयर:
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…








